दफा २७
न्यायोचित सेवा शुल्क निर्धारण सम्बन्धी व्यवस्था
(१) सरकारी सेवा उपलब्ध गराएबापत नेपाल सरकार वा अन्य सरकारी निकायलाई सेवाग्राहीले बुझाउनु पर्ने सेवाशुल्क निर्धारण गर्दा सामाजिक न्यायको आधारमा फरक फरक सेवा शुल्क निर्धारणगर्न सकिनेछ ।(२) उपदफ
(१) बमोजिम सेवा शुल्क निर्धारण गर्दा दुर्गम वा पिछडिएका क्षेत्रकाबासिन्दालाई अन्य इलाकाका बासिन्दालाईभन्दा सहुलियत हुने गरी तोकिए बमोजिमसेवा शुल्क निर्धारण गरिनेछ ।